शिवम् सिमेन्ट्सका अग्रवाल गान्धी राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मानित

0
Shares

शिवम् सिमेन्ट्सका सेलस तथा मार्केटिङ प्रमुख निखिल अग्रवाल श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ बाट सम्मानित भएका छन् ।

हरेक वर्ष ब्रान्डम्यान इन्डिया पीआर एन्ड प्रमोसनले अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने यस पुरस्कारबाट उनी सम्मानित भएका हुन् ।

यस कार्यक्रमको प्रमुख लक्ष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरुसंग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने रहेको छ ।

ब्रान्डम्यान इन्डिया पीआर एन्ड प्रमोसनले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड दिने गर्दछ । जसअन्तर्गत यो वर्षको विजेता शिवम् सिमेन्ट्सका निखिल अग्रवाल भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।