सोलु हाइड्रोपावर र टक्सार पिखुवाखोलाले मागे आईपीओ निष्कासन अनुमति

0
Shares

जलविद्युुत क्षेत्रका दुई कम्पनीहरु सोलु हाइड्रोपावर लिमिटेड र टक्सार पिखुवाखोला हाइड्रोपावरले सर्वसाधारणमा सार्वजनिक निष्कासन (आईपीओ) गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् ।

सेबोनका अनुसार सोलु हाइड्रोपावर लिमिटेडले असोज २३ गते र टक्सार पिखुवाखोला हाइड्रोपावरले असोज २६ गते आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै निवेदन पेश गरेका हुन् ।

सोलु हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ अर्ब मूल्यको २ करोड कित्ता आईपीओ निष्कासन गर्न निवेदन छ । उक्त आईपीओ सेयरहरु आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपालीहरु र आम सर्वसाधारण लगानीकर्ताहरुका लागि जारी हुनेछ ।
सोलु हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेड नक्साल रहेको छ ।

यसैगरी टक्सार पिखुवाखोला हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४२ करोड ३० लाख ६६ हजार ६०० रुपैयाँ मूल्यको ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न निवेदन छ । उक्त संख्याको सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपालीहरु र आम सर्वसाधारण लगानीकर्ताहरुका लागि जारी हुनेछ ।

टक्सार पिखुवाखोला हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी रहेको छ ।

दुबै कम्पनीको आईपीओ सेबोनबाट स्वीकृती पाएपछि मात्रै सार्वजनिक निष्कासनमा आउनेछ । सेबोनले कम्पनीले पेश गरेको कागजातहरुको अध्ययन गरेर प्रकृया पूरा गरेको कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।