लक्ष्मी र सनराइज क्यापिटलले बोलाए विशेष साधारण सभा, मर्जर प्रस्ताव पारित हुने

0
Shares

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि कात्तिक २१ गते विशेष साधारण सभा बोलाएका छन् ।

मर्जरका लागि गत असोज १८ गते औपचारिक रुपमा सम्झौता गरेको कम्पनीहरूले विशेष साधारण सभामार्फत अन्तिम सहमति प्रदान गर्न लागेका हुन् । दुबै क्यापिटलको विशेष साधारण सभा कात्तिक २१ गते मंगलबार लक्ष्मी सनराइज बैंक लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौंमा दिउँसो ४ बजे आह्वान गरिएको छ ।

दुई क्यापिटल एक बराबर एक सेयर आदानप्रदान रेसियोमा मर्जरमा जान लागेका हुन । मर्जरका लागि सहमति भएको सेयर स्वाप रेसियोलाई समेत सभाले स्वीकृति प्रदान गर्ने प्रस्ताव छ । मर्जरका लागि आवश्य सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

लक्ष्मी बैंक र सनराइज बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रुपमा सञ्चालनमा रहेका दुई क्यापिटल पनि एक हुने भएका हुन् । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले एक बराबर एक को समान सेयर स्वाप रेसियोमा मर्जर प्रक्रिया पूरा गरी गत असार २९ गतेदेखि एकीकृत कारोबार सुरू गरेका थिए ।

मर्जरपछि एकीकृत क्यापिटलको चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।