सोनापुर मिनरल्सको प्रियिमम आईपीओमा दोस्रो दिन नकारात्मक सर्किट

0
Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रिमियम मूल्यको जारी गरेको आईपीओ दोस्रो बजारमा खुला भएपछि लगातार दोस्रो कारोबार दिन पनि नकारात्मक सर्किट लागेर घटेको छ । आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री सुरु भएका कम्पनीको सेयर आइतबारपछि सोमबार पनि नकारात्मक सर्किट लागेर घटेको हो । सोमबार सोनापुरको आईपीओ १० प्रतिशत अर्थात ३१ रुपैयाँ ५० पैसाले घटेर २८३ रुपैयाँ ५० पैसामा झरेको हो ।

समीक्षा अवधिमा नेप्सेको मार्केट डेप्थमा कुनैपनि खरिद अर्डर देखिएको छैन भने सर्किट मूल्य २८३ रुपैयाँ ५० पैसामा २० हजार २१९ वटा आदेश मार्फत ३ लाख ६९ हजार १५५ कित्ता सेयर बिक्रीका लागि राखिएको छ । शीर्ष पाँच मूल्यमा २० हजार ६६५ वटा आदेश मार्फत कुल ४ लाख १९ हजार ८९८ कित्ता सेयर बिक्रीका लागि आदेश राखिएको छ ।

कारोबारको एक घण्टा अवधिमा ७ हजार ७४ कित्ता सेयर २० लाख ८ हजार ३७१ रुपैयाँमा खरिद बिक्री भएको छ । एक घण्टाको कारोबारलाई विश्लेषण गर्दा यस आधारमा औषतमा २८३ रुपैयाँ ९१ पैसामा कम्पनीको सेयर खरिद बिक्री भएको देखिन्छ ।

यसअघि आइतबार कम्पनीको आईपीओको मूल्य प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको थियो । करिब ३०० कित्ता सेयर ओपनिङ्ग मूल्यमा कारोबारपछि सोनापुरको सेयर घट्न थालेको थियो । ओरालो लागेको कम्पनीको सेयर १० प्रतिशत अर्थात ३५ रुपैयाँले घटेर प्रतिकित्ता ३१५ रुपैयाँमा झरेको थियो । पहिलो दिन आइतबार दिनभरमा सोनापुरको ६ हजार ४५९ कित्ता सेयर मात्र खरिद बिक्री भएको थियो ।

सोनापुरको धितोपत्र कारोबारका लागि नेप्सेले न्यूनतम १४२ रुपैयाँ १ पैसादेखि अधिकतम ४२६ रुपैयाँ ३ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज तोकेको थियो । नेप्सेले तोकेको ओपनिङ्ग रेञ्जको मध्य बिन्दु अर्थात ३५० रुपैयाँमा कम्पनीको आईपीओको कारोबार सुरु भएको थियो । कम्पनीले कार्तिक २ गते बिहीबार आईपीओ र संस्थापक सेयर सहित प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ दरका ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार कम्पनीको सेयर सूचीकृत भएको थियो । कम्पनीको सर्वसाधारण लगानीकर्तामा चुक्ता पुँजीको ४० प्रतिशतका दरले हुन आउने १ करोड २३ लाख २०० कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको चुक्ता पुँजीको ६० प्रतिशतले हुन आउने १ करोड ८४ लाख ५० हजार ३०० कित्ता सेयर गरी कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार असोज २४ गते बुधबार भएको सेयर बाँडफाँडमा ९९.१७ प्रतिशत आवेदनले सेयर हात पारेका थिए । सोनापुरको आईपीओ ८ जनाले ११ कित्ताका दरले र १० लाख ३२ हजार १२४ जनाले १० कित्ता हात परेका थिएन् । सदर भई सेयर बाँडफाँडमा सहभागि ८ हजार ६३८ जनाले भने सेयर पाउन सकेका थिएनन् । कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये १० लाख ४० हजार ७७० जनाले आवेदन दिएकोमा १० लाख ३२ हजार १३२ जनाले सेयर हात पारेका हुन् । सदर आवेदकमध्ये ८ हजार ६३८ जनाको हात मात्र खाली भएको थियो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको सेयर बाँडफाँडमा सबै आवेदकलाइ सेयर बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट गरिएको हो । जसमा १० लाख ३२ हजार १३२ जना आवेदकलाई १० कित्ताका दरले १ करोड ३ लाख २१ हजार ३२० कित्ता बाँडफाँड गरिएको थियो ।

यसरी बाँडफाँड गरि बाँकी रहेको ८ कित्ता सेयर पुनः गोलाप्रथाबाट सेयर पाउनेमध्येबाट ८ जनालाई १—१ कित्ताका दरले बाँडफाँड गरिएको थियो । सर्वसाधारणमा ९७ लाख ३२ हजार ५४४ कित्ता खरिदका लागि आह्वान गरिएकोमा कर्मचारीले ५ लाख ८८ हजार ७८४ कित्ता सेयर खरिद नगरेपछि सर्वसाधारणमा थपेर बाँडफाँड गर्दा धेरै आवेदकले सेयर हात पारेका थिए ।

कम्पनीले असोज १४ देखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसा दरमा सेयर बिक्री खुला गरेको थियो । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले प्रिमियम मूल्यमा सेयर बिक्री गरे वापत १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७३८ रुपैयाँ संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।