विश्वप्रख्यात अमेरिकी बहुराष्ट्रिय सूचनाप्रविधि कम्पनी एप्पलले दोस्रो ठूलो मेगा इभेन्ट अक्टोबर ३१ मा गर्ने भएको छ । कम्पनीले ह्यालोइन थीममा लन्च गर्न लागेको इभेन्टको नाम ‘स्क्यारी फास्ट’ इभेन्ट रहेको छ ।
‘स्क्यारी फास्ट’ इभेन्टमा कम्पनीले नयाँ मोडलका म्याकबूक तथा नेक्स्ट जेनेरेसन सिलिकन चीप–एम३ सार्वजनिक गर्ने आकलन गरिएको छ । यस अघि ओन्डरलस्ट इभेन्ट मार्फत आइफोन १५ का विभिन्न मोडलहरु सार्वजनिक गरेको कम्पनीले ‘स्क्यारी फास्ट’ इभेन्टमा विशेषतः म्याकबूक लन्च गर्ने आशा गरिएको छ ।
विश्वव्यापी रुपमा देखिएको मन्दीका कारण सन् २०२३ मा म्याकबूकको माग कम रहेको छ । जसकारण यो वर्ष म्याकबूकको सेल्समा समेत गिरावट आएको छ । ह्यालोइनको दिनमा मनाइने यस ‘स्क्यारी फास्ट’ इभेन्टले म्याकबूकको सेल्स बढाउने विश्वास गरिएको छ ।
पछिल्ला केही वर्षहरुमा एप्पलले चीपको विकासमा प्रगति गर्दै गएको छ । जसकारण एप्पले उत्पादन गर्ने म्याकको गुणस्तर तथा कार्यक्षमतामा नयाँ आयाम थपिएको छ । एम३ चीपले म्याकलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया