मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँड हुने, ९९% को हात खाली हुने

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप नयाँ निष्कासन कार्तिक १६ गते बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले सेयर बाँडफाँडका लागि कार्तिक १२ गते आइतबार प्रि अलटमेन्ट सम्पन्न गरी कार्तिक १६ गते बिहीबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको जनाएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने उक्त बाँडफाँडमा १४ लाख जनाभन्दा बढीको हात खाली हुनेछ । मागभन्दा १३०.६३ गुणा बढी आवेदन परेका कारण एफपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा १२ हजार ३८१ जनाले मात्र सेयर हात पार्नेछन् । जसमा १२ हजार ३७५ जनाले १०–१० कित्ताका दरले र ६ जनाले ११–११ कित्ताका दरले एफपीओ पाउनेछन् । सेयर पाउने संख्या कुल आवेदकको एक प्रतिशतभन्दा कम हो ।

मिर्मिरे लघुवित्तको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले कुल १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताको लागि आवेदन दिएका छन् । उच्च आवेदनका कारण अन्ति दिनको तथ्याङ्कलाई आधार मान्दा यस निष्कासनमा १४ लाख ९ हजार ३९६ जनाको हात खाली हुने देखिन्छ । यद्यपी प्रमाणिकरण हुने अन्तिम तथ्याङ्कमा आवेदन संख्या घट्ने हुँदा सेयर नपाउने संख्या केही कम हुनसक्छ ।

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशनमा ल्याएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।