ज्योति विकास बैंकले परिवर्तन गर्यो साधारण सभा हुने स्थान

0
Shares

ज्योति विकास बैंकले यस अघि निर्धारण गरेको हल उपलब्ध हुन नसकेपछि साधारण सभाको स्थान परिवर्तन गरेको छ।  बैंकले नेप्सेमा सूचना जारी गर्दै सेलिब्रेसन्स ब्यांक्वैट, कमलपोखरीमा पुस २९ गते साधारण सभा हुने जनाएको छ । यसअघि राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा सभा आह्वान गरेकोमा हल उपलब्ध हुन नसकेपछि परिवर्तन गरिएको जनाइएको छ।

सभाले चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस प्रस्ताव पारित गर्नेछ। यस्तै मर्जर तथा प्राप्तीका लागि सञ्चालक समितिलाई अख्तियारी, र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना महिना सञ्चालक चयन हुने एजेण्डा छन्।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १६ गतेदेखि २९ गतेसम्म शेयर दाखिल खारेजको काम बन्द गर्ने भएको छ। यसअनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।