नबिल इक्विटी फन्डको सूचीकरण खारेज

0
Shares

सामुहिक लगानी कोष योजना नबिल इक्विटी फन्डको स्कीमको सूचीकरण खारेज भएको छ । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार २०८० कार्तिक १६ गतेदेखि खारेज गरिएको हो ।

विसं २०७३ भदौ १४ गते सञ्चालन अनुमति पाई कार्तिक १९ गते बाँडफाँड भएको सात वर्षे यस योजनाको अवधि परिपक्क भएसँगै सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३१ उपनियम (७) बमोजिम योजना खारेजीमा लगिएको हो ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार नबिल इक्विटी फन्डले तीन आर्थिक वर्षमा ५१ प्रतिशत बराबरको नगद लाभांश वितरण गरेको छ । फन्डले आव २०७६।७७ मा ६ प्रतिशत, आव २०७७/७८ बाट ४० प्रतिशत र आव २०७८।७९ बाट ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ३३ पैसा रहेको छ । योजनाको आकार एक अर्ब २५करोड रहेको फन्डको सम्पत्ति १ अर्ब २९ करोड १० लाख २५ हजार ६८७ रुपैयाँ बराबर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।