फर्स्ट माइक्रोफाइनान्सको खुद ब्याज आम्दानीसँगै घट्यो मुनाफा

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ६ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको खुद नाफा २०.५२ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २० करोड ४७ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३३.२७ प्रतिशत घटेर ८ करोड १ लाख ९७ हजार रुपैयाँमा झरेको छ । यस्तै लघुवित्तको कुल सञ्चालन मुनाफा २६.६० प्रतिशत घटेर ७ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा सञ्चालन नाफा ९ करोड ११ लाख २ हजार रुपैयाँ थियो ।

असार चुक्ता पुँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ११.५१ प्रतिशत बढेर २८ करोड १६ लाख ११ हजार रुपैयाँ सञ्चित भएको छ । थोक लघुवित्तस्य कर्जा प्रदायक यस लघुवित्तको सापटी १३.३८ प्रतिशत घटेर बैंक तथा वित्तीय संस्थाहरुबाट ६ अर्ब ४६ करोड ६३ लाख रुपैयाँ लिएको छ भने कर्जा लगानी ७ अर्ब १३ करोड १६ हजार रुपैयाँमा कायम छ । गत असारको तुलनामा लघुवित्तको कर्जा लगानी ६.८५ प्रतिशत घटेको हो ।

नाफा घटेपछि लघुवित्तको वार्षिक प्रति सेयर आम्दानी ४ रुपैयाँ ३८ पैसाले घटेर १७ रुपैयाँ ८४ पैसा रहेको छ । गत आवको पहिलो त्रैमासमा २२ रुपैयाँ २२ पैसा रहेको थियो । लघुवित्तको चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा, खराब कर्जा अनुपात १.९१ प्रतिशत, कष्ट अफ फन्ड ११.१८ प्रतिशत, आधारदर ११.९४ प्रतिशत, मूल्य आम्दानी अनुपात ३५.६३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।