नेपाल बैंकर्स संघका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण

0
Shares

नेपाल बैंकर्स संघका नवनिर्वाचित कार्य समितिका सदस्यले पदभार ग्रहण गरेका छन्। शनिबार पोखरामा आयोजना गरिएको एक कार्यक्रममा भुवन दाहालको नेतृत्वमा चयन नयाँ कार्यसमितिको पदभार ग्रहण भएको हो।

भुवन दाहाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। दाहालको नेतृत्वमा गत महिना नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको थियो। उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर चयन भएका छन्।

भाटनगर दोस्रो कार्यकालका लागि पुनः उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्। त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका सीईओ रमेशराज अर्याल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ र माछापच्छ्रे बैंकका सीईओ सुमन शर्मा समेत सोही पदमा सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरुमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका थिए।