जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क १८.८३ प्रतिशतले बढ्यो, नयाँ व्यवसाय भने खस्कियो

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क झण्डै १९ प्रतिशतले बढेपनि नयाँ व्यवसाय विस्तार भने अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको छ ।  असोज मसान्तसम्म सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कुल ३४ अर्ब ८ करोड २० लाख १६ हजार रुपैयाँ बराबरको नविकरण बीमाशुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिमा भने २८ अर्ब ६८ करोड १३ लाख १७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन भएको थियो ।

नवीकरण बीमाशुल्क बढाएका कम्पनीहरुको नयाँ व्यवसायको रुपमा संकलन हुने फस्ट प्रिमियम रिसिप्ट (एफपीआर) भने समीक्षा अवधिमा ५.३० प्रतिशतले संकुचन आई ६ अर्ब ७१ करोड ९६ लाख ३ हजार रुपैयाँ कायम भएको नेपाल बीमा प्राधिकरणको तथ्याङ्क छ । गत आवको पहिलो त्रैमासमा तत्कालीन १९ जीवन बीमा कम्पनीहरुले ७ अर्ब ९ करोड ५५ लाख ४० हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार २०८० असोजमसान्तसम्ममा तेह्र जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क बढेको छ भने एक वटाको मात्रै घटेको छ । २०७९ असोज मसान्तसम्मको तुलनामा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको नवीकरण बीमाशुल्क सर्वाधिक २९८ प्रतिशतभन्दा धेरैले बढेर ३ अर्ब ९२ करोड ६ लाख रुपैयाँ बढी संकलन भएको छ । समीक्षा अवधिमा प्रभु महालक्ष्मीको ३५ प्रतिशत, रिलायबल नेपालको ३१, सानिमा रिलायन्स, सन नेपाल र हिमालयन लाइफले १९ प्रतिशतभन्दा धेरैले नवीकरण बीमाशुल्क वृद्धि गरेका छन् ।

यसैगरी आइएमई लाइफको १८ प्रतिशत, सूर्यज्योति लाइफको १६.६४ प्रतिशत, एशियन लाइफको १२ प्रतिशत, सिटिजन लाइफको ११ प्रतिशत, नेपाल लाइफको ७.६७ प्रतिशत, मेटलाइफ ७ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) को सबैभन्दा कम ०.२९ प्रतिशतले मात्र नवीकरण बीमाशुल्क बढेको छ । समीक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको भने ७.१३ प्रतिशतले नवीकरण बीमाशुल्क घटेको प्राधिकरणको तथ्याङ्क छ ।

चालु आवको पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ९ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ धेरै नवीकरण बीमाशुल्क उठाएको छ । यसैगरी एलआईसी नेपालले ४ अर्ब २८ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ९३ करोड ६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ ।

Life Insurance Company Reneable Premium collection in FY 2080-81 First three month (in lakhs)
Name  2080 Ashoj 2079 Ashoj Change%
Nepal Life Insurance Co. Ltd 93572.05 86,906.53 7.67
Life Insurance Corporation Nepal 40028.21 39,911.78 0.29
Rastriya Beema Sansthan 39306.13 9,869.43 298.26
Himalayan Life Insurance Ltd 38516.78 32321.23 19.17
National Life Insurance Co. Ltd 32854.19 35,376.66 -7.13
SuryaJyoti Life Insurance Co. Ltd  17852.38 15306.14 16.64
Asian Life Insurance Co. Ltd 15488.92 13,842.79 11.89
Sanima Reliance Life Insurance Ltd 11963.3 9993.4 19.71
Citizens Life Insurance Co. Ltd 10884.74 9,788.33 11.20
Met Life 10631.71 9,935.30 7.01
Prabhu Mahalaxmi Life Insurance Ltd 9356.59 6933.21 34.95
IME Life Insurance Co. Ltd 7651.39 6,488.07 17.93
Reliable Nepal Life Insurance Co. Ltd 6891.73 5,265.18 30.89
Sun Nepal Life Insurance Co. Ltd 5822.04 4,875.12 19.42
Total 340820.16 286813.17 18.83

असोजमसान्तसम्ममा हिमालयन लाइफले ३ अर्ब ८५ लाख १६ लाख रुपैयाँ, नेशनल लाइफले ३ अर्ब २८ करोड ५४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब ७८ करोड ५२ लाख रुपैयाँ र एशियन लाइफले १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । यसैगरी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्ममा १ अर्ब १९ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ८ करोड ८४ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ६ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसा चालु आवको पहिलो त्रैमासमा चार कम्पनीहरु प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले एक अर्बभन्दा कम नवीकरण बीमाशुल्क संकलन गरेका छन् । समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफले ९३ करोड ५६ लाख रुपैयाँ, आइएमई लाइफले ७६ लाख ५१ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ६८ करोड ९१ लाख ६३ लाख रुपैयाँ र सन नेपाल लाइफले सबैभन्दा कम ५८ करोड २२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको हो ।

चालु आवको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन १४% ले बढ्यो

एघार जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क घट्यो, व्यवसाय बढाउन सन लाइफ सबैभन्दा कमजोर

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालनमा रहेका १४ मध्ये ११ कम्पनीहरुको नयाँ व्यवसाय विस्तार अर्थात प्रथम बीमाशुल्क संकलन घटेको छ ।  नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार आईएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले मात्र प्रथम बीमाशुल्क संकलन बढाएका हुन् भने बाँकी एघार कम्पनीको घटेको हो ।

देशमा आर्थिक क्रियाकलाप र उपभोगमा आएको कमीका कारण छाएको मन्दीको प्रभाव जीवन बीमा कम्पनीहरुले संकलन गर्ने प्रथम बीमाशुल्कमा देखिएको हाे । यस्तै समीक्षा अवधिमा मर्जरका कारण पाँच जीवन बीमा कम्पनीको अस्तित्व समाप्त भएको छ । असाेजसम्ममा आईएमई लाइफको प्रथम बीमाशुल्क ५०.४९ प्रतिशत, नेपाल लाइफको १७.२९ प्रतिशत र नेशनल लाइफ इन्स्योरेन्सको ७.६५ प्रतिशतले बढेको हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार सन नेपाल चालु आवको पहिलो त्रैमासमा व्यवसाय बढाउन सबैभन्दा कमजोर देखिएको छ । कम्पनीको प्रथम बीमाशुल्क संकलन गत आवको पहिलो त्रैमासको तुलनामा ४१.५७ प्रतिशतले घटेको हो । यसैगरी सूर्यज्योति लाइफको ३०.३६ प्रतिशत, सिटिजन लाइफको १५.४९ प्रतिशत, प्रभु महालक्ष्मीको १३.३६ प्रतिशत, सानिमा रिलायन्सको १३.१९ प्रतिशत, रिलायबल नेपाल ११.७२ प्रतिशत, हिमालयन लाइफ ११.०३ प्रतिशत र एशियन लाइफको प्रथम बीमाशुल्क संकलन १०.८७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मेट लाइफको प्रथम बीमाशुल्क ४.१४ प्रतिशत, एलआईसी ४.०५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ३.३७ प्रतिशतले नयाँ व्यवसाय खस्किएको छ ।

असोज मसान्तसम्ममा नेपाल लाइफले सबैभन्दा धेरै १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ प्रथम बीमशुल्क संकलन गर्दा नेशनल लाइफले ९० करोड ७२ लाख रुपैयाँ संकलन गर्दा तेस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सले ५२ करोड ८७ लाख रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेको छ । साबिक गुराँस, प्राइम र नयाँ जीवन बीमा कम्पनीको रुपमा स्थापित युनियन लाइफबीच मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको थियो ।

Life Insurance Company First Premium collection in FY 2080-81 First three month (in lakhs)
Name  2080 Ashoj 2079 Ashoj Change%
Nepal Life Insurance Co. Ltd 15,929.69 13,581.56 17.29
National Life Insurance Co. Ltd 9,072.06 8,427.42 7.65
Himalayan Life Insurance Ltd 5,287.48 5943.26 -11.03
SuryaJyoti Life Insurance Co. Ltd  5,193.68 7457.43 -30.36
Life Insurance Corporation Nepal 5,050.02 5,262.96 -4.05
Citizens Life Insurance Co. Ltd 4,160.36 4,922.68 -15.49
IME Life Insurance Co. Ltd 3,350.75 2,226.53 50.49
Reliable Nepal Life Insurance Co. Ltd 3,236.94 3,666.61 -11.72
Sanima Reliance Life Insurance Ltd 3,222.88 3712.42 -13.19
Asian Life Insurance Co. Ltd 3,201.37 3,591.90 -10.87
Sun Nepal Life Insurance Co. Ltd 3,042.02 5,205.90 -41.57
Met Life 3,035.38 3,166.50 -4.14
Prabhu Mahalaxmi Life Insurance Ltd 2,159.30 2492.37 -13.36
Rastriya Beema Sansthan 1,254.10 1,297.86 -3.37
Total 67196.03 70955.4 -5.30

चालु आवको पहिलो त्रैमासमा साबिक सुर्या र ज्योति लाइफबीच एकीकृत भई बनेको सुर्यज्योति इन्स्योरेन्सले ५१ करोड ९३ लाख रुपैयाँ र एलआईसी नेपालले ५० करोड ५० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस्तै सिटिजन लाइफको ४१ करोड ६० लाख,आईएमई लाइफको ३३ करोड ५० लाख, रिलायबल नेपाल लाइफले ३२ करोड ३७ लाख रुपैयाँ, सानिमा रिलायबलले ३२ करोड २३ लाख, एशियन लाइफले ३२ करोड १ लाख, सन नेपाल लाइफले ३० करोड ४२ लाख र मेट लाइफले ३० करोड ३५ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार २०८० असोज मसान्तसम्ममा प्रभु महालक्ष्मी लाइफले २१ करोड ५९ लाख र सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले १२ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

प्रथम बीमाशुल्क के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमfशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् भने थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नवीकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नवीकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक–फरक हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।