बैंकहरुको लगानीमा प्रतिफल औसतमा ५ प्रतिशत विन्दुले घट्यो, नौ बैंकको एकल अंकमा

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको लगानीमा प्रतिफल ५ प्रतिशत विन्दुले घटेको छ । अर्थतन्त्र मन्दीमा जादा बैंकहरुमा कर्जा ‘डिफल्ट’ बढेपछि लगानीमा हुने प्रतिफल पनि उच्च दरमा घटेको हो ।

चालु आवको सो अवधिमा बैंकहरुको नाफा १८ प्रतिशतले घटेको छ भने खराब कर्जा औसत ३.३९ प्रतिशत पुगेको छ । सो अवधिमा बैंकहरुको कर्जा नोक्सानी व्यवस्था समेत उल्लेख्य बढेर करिब १६ अर्ब पुगेको छ । त्यतिमात्र नभई बैंकहरुले आम्दानी देखाएको तर उठी नसकेको ब्याजको आकार पनि १३ अर्ब रुपैयाँ बरावरको छ । त्यसैले पनि बैंकहरुको लगानीमा प्रतिफल घटेको हो ।

चालु आवको पहिलो त्रैमासमा बैंकहरुको लगानीमा प्रतिफल औसत ८.३४ प्रतिशत रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४.८४ प्रतिशत विन्दुले थोरै हो । गत आवको सोही अवधिमा बैंकहरुको लगानीमा प्रतिफल औसत १३.१७ प्रतिशत थियो ।

बैंकहरु नाफामा मात्रै केन्द्रित भए भन्ने आरोपमा बैंकहरुले रिटर्न अन इक्वटी हेर्न घट्दै गएको भन्दै प्रतिरक्षा गर्दे आएका थिए । बैंकहरुले ठुलो रकम लगानी गर्ने भएकाले नाफा पनि रकममा धेरै देखिने भन्दै बैंकरहरुले लगानीमा प्रतिफल हेर्न सुझाउँथे । चालु आवमा भने बैंकहरुको नाफा संगै लगानीमा प्रतिफल पनि उच्च दरमा घटेको विषय भने सतहमा आएको छैन ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा ३ बैंकको लगानीमा प्रतिफल बढेको भएपनि १६ को घटेको छ । कृषि विकास बैंकको लगानीमा प्रतिफल पनि ऋणात्मक रहेको छ । लगानीमा प्रतिफल बढाउने बैंकमा प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंक रहेका छन ।

चालु आवको पहिलो त्रैमासमा ८ बैंकको लगानीमा प्रतिफल एकल अंकमा झरेको छ । गत आवको पहिलो त्रैमासको तुलनमा घटेको भएपनि १० बैंकको लगानीमा प्रतिफल दोहोरो अंकमै छ । गत आवको तुलनामा सबैभन्दा धेरै कुमारी बैंकको लगानीमा प्रतिफल घटेको छ । गत आवको पहिलो त्रैमासमा १९.१० प्रतिशत रहेको बैंकको लगानीमा प्रतिफल चालु आवको पहिलो त्रैमासमा २.८१ प्रतिशतमा झरेको छ । त्यसैगरी गत आवमाको असोजसम्ममा २८.०८ प्रतिशत लगानीमा प्रतिफल रहेको एनआइसी एसिया बैंकको चालु आवको सोही अवधिमा १३.६१ प्रतिशतमा सिमित भएको छ ।

चालु आवको पहिलो त्रैमासमा लगानीमा प्रतिफल एक अंकमा रहेका बैंकहरुमा सिद्धार्थ बैंक ०.६७, लक्ष्मी बैंक १.०९, नेपाल बैंक १.५४, राष्ट्रिय वाणिज्य बैंक ६.१५, सिटिजन्स बैंक ७.८९, ग्लोबल आइएमइ ८.१६ र सानिमा बैंकको ९.८२ प्रतिशत रहेको छ । रिटर्न अन इक्वीटीले बैंकहरुको लगानीको अवस्था र त्यसको प्रतिफल भन्ने बुझाउँछ ।

 Bank   Ashwin 2080 (ROE)  Ashwin 2079 (ROE)
 Standard Chartered  16.16% 17.86%
 Prime  15.94% 12.68%
 NIC Asia  13.61% 28.08%
 NMB  13.33% 13.42%
 Machhapuchchre  13.26% 12.10%
 Everest  12.19% 15.29%
 Prabhu  12.02% 14.16%
 Himalayan   11.57% 9.60%
 Nepal SBI  10.44% 14.75%
Nepal Investment 10.36% 13.39%
 Nabil  10.01% 12.16%
 Sanima  9.82% 13.01%
 Global IME  8.16% 12.63%
 Citizens  7.89% 9.85%
Rastriya Banijya Bank 6.15% 14.89%
 Kumari  2.81% 19.10%
 Nepal Bank  1.54% 6.81%
Laxmi 1.09% 11.91%
 Siddhartha  0.67% 9.19%
 Agriculture Dev  -10.21% 2.61%

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।