भगवती स्टील्सको आम्दानीमा आकर्षक वृद्धि, वार्षिक कारोबार साढे ३ अर्ब

0
Shares

भगवती स्टील्स इन्डष्ट्रिजले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ५७ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष (२०७९/८०) मा १ अर्ब ८३ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको कारोबार गत आवमा ९५ प्रतिशतले बढेको हो ।

पछिल्लो समयमा कमपनीले नेपाल सरकारले सञ्चालन गरेका निर्माण परियोजनाका लागि आवश्यक निर्माण सामाग्रीहरुको आपूर्ति गर्दै आएको छ । सरकारले भौतिक विकासलाई प्राथमिकतामा राखी कार्य योजना अघि सारेको छ । जसकारण कम्पनीमा अर्डर बढ्दै जाँदा र अर्ड अनुसारको सामाग्री आपूर्ति हुँदा कम्पनीको आम्दानी बढेको छ ।

कम्पनीको सञ्चालन आम्दानीमा भएको आकर्षक वृद्धिसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा समेत सकरात्मक प्रभाव देखिएको छ । ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा आर्थिक वर्ष २०७९/८० मा कुल सञ्चालन आम्दानीको १३.९४ प्रतिशत रहेको छ । जुन अघिल्लो आवमा कुल सञ्चालन आम्दानीको ८.६८ प्रतिशत थियो ।

सन् १९९१ मा स्थापना भएको यस कम्पनीले पाइप, झ्याल तथा ढोकाको फ्रेम, सटर, टावर, पोल, ट्रस, सस्पेन्सन तथा मोटरेवल पुल निर्माणका लागि आवश्यक सामाग्रीहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । बारा जिल्लाको छातापिप्रामा रहेको कम्पनीको उत्पादन क्षमता प्रति वर्ष ८५ हजार ५०० मेट्रिक टन रहेको छ ।

करिब ३० वर्षदेखि स्टील उद्योग क्षेत्रमा काम गरेका सुमित अग्रवाल कम्पनीका अध्यक्ष र प्रबन्ध निर्देशक रहेका छन् । कम्पनीले ३ अर्ब ५ करोड ७६ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले २४ करोड ९७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र २ अर्ब ८० करोड ७९ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै कर्जाको ब्याज भुक्तानी गर्न समने क्षमतामा समेत सुधार आएको छ । कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ४.४८ गुणा रहेको छ ।

विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दीको प्रभाव नेपालमा समेत देखिएको छ । मुद्रास्फीति दर बढ्दै जाँदा त्यसलाई नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा निर्माण व्यवसाय क्षेत्र प्रभावित बनेको थियो । प्रतिकूल समयमा पनि भगवती स्टील्सको आम्दानीमा देखिएको सुधार नेपाली अर्थतन्त्रका लागि समेत सकरात्मक देखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।