दोर्दी खोला र राप्ती हाइड्रोले पाए शतप्रतिशत हकप्रद बिक्रीको पूर्वस्वीकृति

0
Shares

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले चुक्ता पुँजी बराबरको हकप्रद सेयर बिक्रीको अनुमति पाएका छन् ।

जलविद्युत क्षेत्रको नियामक विद्युत नियमन आयोगले दुबै कम्पनीलाई कात्तिक १९ गते एक बराबर एक (शतप्रतिशत) अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

विद्युत नियमन आयोगले कम्पनीलाई चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

आयोगले राप्ती हाइड्रोलाई चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

दुबै कम्पनीले आयोगबाट पूर्वस्वीकृति पाएको हकप्रद बिक्रीको प्रस्ताव अब आ–आफ्नो साधारण सभामा पेश गरी अनुमोदन गराउनेछन् । सभाबाट पारित भएको हकप्रद बिक्रीको प्रस्ताव पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि मात्रै बिक्रीमा आउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।