अल्फा क्यापिटलले आईपीओ ल्याउने

0
Shares

अल्फा क्यापिटल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा बोलाएको हो ।

कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले द एभरेष्ट होटल, बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजे सभा आह्वान गरेको छ ।

सभाले आईपीओ निष्कासन गर्ने र त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय समेत पारित गर्नेछ । समान उदेश्य भएको अन्य कम्पनी यस कम्पनीमा गाभिने सम्बन्धमा पनि सभामा छलफल हुनेछ ।

साथै आगामी कार्यकालका लागि सञ्चालकहरूको निर्वाचनका आधारमा सञ्चालक समिति गठन गर्ने विषय पनि सभाका लागि तय भएको छ । उल्लेखित प्रस्तावसँगै गत आर्थिक वर्ष २०७९–८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पनि सभाले पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।