सेयर बजार मंगलबार दोहोरो अंकले बढ्यो

0
Shares

सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार दोहोरो अंकको वृद्धि भएको छ । लगातार चार दिनमा ५२.४४ अंकले घटेर १८२६ अंकसम्म झरेपछि सोमबारदेखि बाउन्स ब्याक भएको बजार सूचाङ्क मंगलबार ११.२२ अंकले बढेको हो । यससँगै बजार सूचक १८५८.७६ बिन्दुमा पुगेको छ ।

आजको बजारमा बजारमा २८५ कम्पनीको ४३ लाख ३१ हजार २२९ कित्ता सेयर ४० हजार ६०० वटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबार २८३ कम्पनीका ३५ लाख ५५ हजार कित्ता सेयर ९७ करोड २३ लाख ६७ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमध्ये निर्जीवन बीमा बाहेक सबै १२ वटामा हरियाली छाएको छ । जसमध्ये लगानी सर्वाधिक १.५१ प्रतिशतले बढेको छ भने अन्य १.३२, वित्त १.२३, जीवन बीमाको सूचक १.१७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा ०.१८ प्रतिशतले घटेको छ ।

यसैगरी आज कारोबार रकमका आधारमा हिमालयन बैंकको संस्थापक सेयर ९ करोड १६ लाख ४४ हजार २२८ रुपैयाँमा खरिद बिक्री भएको छ । हिजो सोमबार पनि बैंकको ३ करोड ५८ लाख ४८ हजार रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार हुँदै शीर्ष कारोबार हुने चौथो कम्पनीमा समेटिएको थियो ।

यस्तै माछापुच्छ्रे बैंकको ६ करोड ३८ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको ५ करोड ९२ लाख ८४ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको ५ करोड ३९ लाख ५५ हजार र सोल्टी होटलको ३ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबार संख्याको आधारमा सोनापुर मिनरल्स सिमेन्टको सबैभन्दा धेरै ११ हजार ५०८ वटा कारोबार भएको छ । कारोबार कित्ताका आधारमा हिमालय बैंकको संस्थापक सेयर ७ लाख ४५ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएको छ । सोमबार पनि बैंकको २ लाख ८६ हजार ७९० कित्ता संस्थापक सेयर कारोबार भएको थियो ।

आजको बजारमा लक्ष्मी लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेर ६८९ रुपैयाँ पुगेको छ । यस्तै सोनापुर मिनरल्स एण्ड आयलको ५.२८ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको ५.०३ प्रतिशत, मल्टिपपर्स फाइनान्सको ४.६३ प्रतिशत र इङ्वा हाइड्रोपावरको सेयर मूल्य ४.४४ प्रतिशतले बढेर कारोबार भएको छ ।

उता आजको बजारमा स्वाभिमान लघुवित्तको सर्वाधिक ८.२६ प्रतिशतले घटेर ९५५ रुपैयाँमा झरेर कारोबार बन्द भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.९९ प्रतिशत, बाराही हाइड्रोापावरको ३.१९ प्रतिशत, बलेफी हाइड्रोपावरको ३.०५ प्रतिशत र मेन्छियम हाइड्रोापावरको २.५० प्रतिशतले आजको बजारबाट सेयर मूल्य घटेको छ ।

मंगलबारको बढोत्तरीपछि कुल बजार पुँजीकरण १७ अर्ब २९ करोड ११ लाख रुपैयाँले बढेर २८ खर्ब ६३ अर्ब ३० करोड २३ लाख रुपैयाँमा समेटिएको छ । सोमबार कुल बजार पुँजीकरण २८ खर्ब ४६ अर्ब १ करोड १२ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।