सूर्य नेपालको भूकम्प पीडितलाई १ करोड ४० लाख सहयोग

0
Shares

सूर्य नेपालले जाजरकोट–रुकुम भुकम्पमा प्रभावित भएका मानिसहरुका लागि १ करोड ४० लाख सहयोग गरेको छ ।

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्र्थापनामा मद्दत पुर्याउन १ करोड ४० लाख सहयोग गरेको हो ।

सहयोग रकम प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी आज कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसि, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलिले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ र साथै ५ लाख बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपालले जानकारी गराएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।