मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा.

0
Shares

मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको कार्तिक २२ गते बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७९–८० को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुने छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बैंकले चुक्ता पुँजीको १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्ताे छ बैंकको लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2079/80 9.50 0.50 10.00
2 2078/79 12.35 0.65 13.00
3 2077/78 13.30 0.70 14.00
4 2076/77 15.00 0.79 15.79
5 2075/76 18.53 0.98 19.50
6 2074/75 17.00 0.89 17.89
7 2073/74 31.48 1.66 33.14
8 2072/73 30.00 1.58 31.58
9 2071/72 30.00 1.58 31.58
10 2070/71 25.00 1.32 26.32
11 2069/70 20.00 5.00 25.00
12 2068/69 20.00  0.00 20.00
13 2067/68 0.00 10.53 10.53

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।