एसियन बैंकर सम्मेलन राजधानीमा सुरु

0
Shares

एसियन बैंकर सम्मेलन राजधानीमा सुरु भएको छ । सम्मेलनमा एसिया क्षेत्रका २५ देशका ७० बढी बैंकरहरुले सहभागिता जनाएका छन् ।

‘रोडम्याप फर रिकर्भरी एन्ड सस्टेनेबल ग्रोथ’ नामक नारा सहित काठमाडौंमा आयोजित सम्मेलन चार सत्रमा विभाजन गरिएको छ । सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था तथा नेपालमा विदेशी लगानीको अवस्था र सम्भावनाका सन्दर्भमा समेत छलफल हुने बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

यो सम्मेलन नेपाल बैंकर्स संघ र एसियन बैंकर्स संघले संयुक्त रुपमा आयोजना गरेका हुन् । यस सम्मेलन नेपालमा पहिलो पटक हुन लागको हो । दुई दिवसीय यस सम्मलेनमा बैंकिङ क्षेत्रको दिगो विकासको सन्दर्भमा समेत छलफल हुने छ । सम्मेलन बैंकर तथा विज्ञहरुबाट कार्यपपत्र प्रस्तुत गर्ने तथा प्यानल डिस्कसन हुने केसीले जानकारी दिए । सम्मलेन शुक्रबार समाप्त हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।