एशियन लाईफ इन्स्योरेन्सले सर्वसाधारणको सेयर हिस्सा बढाउने

0
Shares

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणतर्फको हिस्सा बढाउने भएको छ । कम्पनीले हाल संस्थापकतर्फ कायम रहेको ६० प्रतिशत सेयर स्वामित्व ९ प्रतिशत घटाएर ५१ प्रतिशतमा झार्ने भएको हो ।

सेयर संरचना परिवर्तनपछि कम्पनीमा सर्वसाधारणतर्फको सेयर स्वामित्व वृद्धि भएर ४९ प्रतिशत कायम हुनेछ । कम्पनीले यसअघि नै सेयर संरचना परिवर्तन सम्बन्धी प्रस्ताव १४ औं वार्षिक साधारण सभाबाट पारित गराइसकेको छ ।

साथै संस्थाले सेयर परिवर्तन गर्न नचाहने सदस्यहरूलाई आगामी ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन कम्पनीले आग्रह गरेको छ । तोकिएको अवधिभित्र शेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानुन बमोजिम सर्वसाधारण समूहमा संस्थापकतर्फको ९ प्रतिशत शेयर परिवर्तन गरिने जानकारी कम्पनीले दिएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।