रुरु जलविद्युतले कमायो ३ करोड ६४ लाख खुद नाफा

0
Shares

रुरु जलविद्युत परियोजना लिमिटेडले चालू आवको पहिलो त्रैमासमा ३ करोड ६४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ७.१५ प्रतिशत धेरै हो ।

गत आवको पहिलो त्रैमासिक अवधिमा कम्पनीले ३ करोड ३९ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्री बढेसँगै कम्पनीको नाफा बढेको हो ।

कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ३० लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५ करोड ४८ हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा ५.९४ प्रतिशत वृद्धि भएको हो ।

चुक्ता पुँजी ४९ करोड ३३ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीको पहिलो त्रैमाससम्ममा वार्षिक प्रति सेयर आम्दानी २९ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै कम्पनीले जगेडा कोषमा१९ करोड ७५ लाख २० हजार रुपैयाँ सञ्चिती गरेको छ ।

कम्पनीको प्रति सेयर नेटवर्थ १४० रुपैयाँ ०४ पैसा र मूल्य आम्दानी अनुपात २६.५५ गुणा छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।