तिहारअघिको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से, सोनापुर मिनरल्सको उच्च कारोबार

0
Shares

तिहारअघिको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज ११.८५ अङ्कले घटेर १८५२ दशमलव ०८ को बिन्दुमा कायम भएको हो ।

आज २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर २७ हजार ८४५ पटक खरिद बिक्री हुँदा कारोबार रकम ८३ करोड ६० लाख ५ हजार ६५६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । हिजो बुधबार ७८ करोड २७ लाख ४३ हजारको कारोबार भएको थियो ।
आजको कारोबारमा आएको सबै उपसमुहगत सूचक ओरालो लागेका छन् ।अन्य वित्त र जविन बीमको इन्डेक्स क्रमशः १.५५, १.३१ र १.०३ प्रतिशतले ओरालो लागेको छ । बाँकी एक प्रतिशतभन्दा कमले घटेको छ ।

आजको कारोबारबाट सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । कम्पनीको सेयर मूल्य ६.९६ प्रतिशतले बढेर ५०७ रुपैयाँ पुगेको छ । यस्तै सनराइज ब्लूचिप फन्ड ५.८५ प्रतिशत, ओरियन्टल होटल ४.०३ प्रतिशत, समाज लघुवित्त ३.८७ प्रतिशत र श्री इनभेष्टमेन्ट फाइनान्सको ३.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यता बिहीबारको बजारबाट माउन्टेन इनर्जीको सेयर मूल्य सर्वाधिक ६.५८ प्रतिशतले घटेको छ । नेपाल एसबिआई बैंकको ६.४३ प्रतिशत, मायाखोला हाइड्रोपावरको ६.३७ प्रतिशत, बुद्दभुमी नेपाल हाइड्रोपावरको ५.४० प्रतिशत, र मेन्छियम हाइड्रोपावरको ५.२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

कारोबार रकममा आधारमा आज सबैभन्दा धेरै सोनापुर सिमेन्टको ७ करोड ७० लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार संख्या र कित्तामा शीर्ष स्थानमा रहेको कम्पनीको २ लाख ९० हजार ६९२ कित्ता सेयर ५ हजार ९१७ वटा संख्यामा खरिद बिक्री भएको हो ।

यस्तै सोलटी होटलको ३ करोड ८१ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ३ करोड ६४ लाख, तारागाउँ रिजेन्सी होटल २ करोड ३० लाख र सानिमा जीआईसी इन्स्योरेन्सको १ करोड ९३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

बिहीबारको गिरावटपछि कुल बजार पुँजीकरण १८ अर्ब २६ करोड ४ लाख रुपैयाँले घटेर २८ खर्ब ५३ अर्ब १ करोड ३९ लाख रुपैयाँमा समेटिएको छ । बुधबारको बजार पुँजीकरण २८ खर्ब ७१ अर्ब २७ करोड ४३ लाख रुपैयाँ थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।