डिप्रोक्स लघुवित्तको नाफा ११% घट्यो

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.९६ प्रतिशतले घटेको छ । खराब कर्जा अनुपात वापतको व्यवस्था (इम्पेरमेन्ट चार्ज) बढेपछि कम्पनीको खुद नाफा घटेको हो ।

असोज मसान्तसम्ममा लघुवित्तले ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रति सेयर आम्दानी ११ रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ७६ पैसामा संकुचित बनेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रति सेयर नेटवर्थ २२१ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात ३१.१९ गुणा छ । लघुवित्तको जगेडा कोष २.७९ प्रतिशतले बढेर १ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ सञ्चित भएको छ । जसमा ६७ करोड ३६ लाख रुपैयाँ रिटेर्न अर्निङ्ग छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत बढेर ३३ करोड ४२ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १०.९६ प्रतिशत घटेर १२ करोड ६० लाख ९३ हजार रुपैयाँमा झरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ३.६८ प्रतिशतबाट बढेर ५.१४ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तले नोक्सानी व्यवस्था रकम ३ करोड ९५ लाखबाट ४ करोड ८९ लाख रुपैयाँ व्यवस्था गरेको छ ।

असोज मसान्तसम्ममा लघुवित्तले ९ अर्ब ४ करोड १२ लाख ७० हजार रुपैयाँ निक्षेप तथा सापटीबाट ९ अर्ब ८३ करोड ३ लाख २०हजार रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा निक्षेप संकलन ४९.५० र कर्जा लगानी ५१.४१ प्रतिशतले घटेको हो ।

लघुवित्तको कष्ट अफ फन्ड ९.९० प्रतिशत र आधारदर १४.८३ प्रतिशत छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।