सिटिजन्स बैंक र दराज बीच ११.११ अभियानको लागि सम्झौता


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू हुनेछ । सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५% वा अधिकतम २ हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २०% वा अधिकतम २ हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

माथि उल्लिेखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुनेछ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।