धौलागिरी लघुवित्तको लाभांश घोषणा

0
Shares

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्त कम्पनीको कात्तिक २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लघुवित्तले सेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव मिन प्रसाद जोशीले जानकारी दिए ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

बागलुङ्गमा कार्यालय रहेको राष्ट्रियस्तरको यस लघुवित्तको यो पहिलो लाभांश हो । लघुवित्तले अघिल्लो आर्थिक वर्षको साउनमा सर्वसाधारणमा ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गरी भदौ पहिलो साता बाँडफाँड गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।