नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘इड्राइभ नेपाल’ सञ्चालनमा आएको छ। ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैंयाको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो।
अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना विमा, ओपिटी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ुइड्राइभ नेपाल एपु सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ।
विहिवार प्रमुख अतिथी नेकपा एमालेको प्रतिनिधि सभाका सचेतक महेश वर्तौलाले रिवन काटेर तथा बाग्मति प्रदेशका उपसभामु ख अप्सरा चापागाँई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झन्डा फहराएर ‘इड्राइभ एप’ र ट्याक्सी सेवाको उद्घाटन गरे।
उक्त अवसरमा प्रमुख अतिथी वर्तौलाले भने, ‘इलेक्ट्रिक्स गाडिको प्रयोगले नेपालको विद्युतको खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौं रुपैंया विदेशिनबाट जोगिने हुनाले यसको भविष्य उज्वल छ।’
राष्ट्रिय सभा गृहमा उद्घाटन गरेसंगै ४० वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएको थियो।
हाल कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ। साथै ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमशस् जोडिंदै जाने कम्पनीले जनाएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया