प्रतिसेयर आम्दानी साढे १४ रुपैयाँले ऋणात्मक रहेको होटलको सेयर मूल्य साढे ५ सय


सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको वित्तीय विबरण सार्वजनिक गरेको छ । होटलले गत आर्थिक वर्षको यसै अवधिमा ८ करोड ९२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।

समीक्षा अवधिमा होटलको खुद नोक्सानी झण्डै ३ करोड रुपैयाँले घटेको हो । यही गतिमा नोक्सान घट्दा पनि अझै २ आर्थिक वर्ष कम्पनी नोक्सानीकोकै अवस्थामा रहने देखिन्छ । आम्दानीमा देखिएको वृद्धिका कारण नोक्सान घटेको होटलको सञ्चालन आम्दानी झण्डै साढे ४७ प्रतिशतले बढेर ११ करोड ५९ लाख रुपैयाँ पुगेको छ । होटलको आम्दानीका शीर्षकमा भएको वृद्धिको तुलनामा खर्चका शीर्षकको वृद्धि न्युन छ ।

प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६५ पैसाले ऋणात्मक रहेको होटलको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २ पैसा छ । १ अर्ब ६४ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँ सञ्चित छ ।

तिहार अघिको अन्तिम कारोबारका आधारमा होटलको प्रतिकित्ता सेयर मूल्य ५४२ रुपैयाँ छ । उक्त दिन मात्र होटलको प्रतिकित्ता सेयर मूल्य २६ रुपैयाँले घटेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।