गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्पपीडितलाई ३५ लाख रुपैयाँ बराबरको १० हजार थान जुत्ता सहयोग गरेको छ। गत कात्तिक १७ गते शुक्रबार जाजरकोटमा केन्द्रविन्दु बनाई गएका भूकम्पमा भएको मानविय क्ष्यतिप्रति गोल्डस्टारले भूकम्पपीडित सहयोग प्रदान गरेको हो।
सङ्कटको घडीमा नेपाली दाजुभाइतथा दिदीबहिनीहरूप्रति हार्दिकता व्यक्त गर्दै गोल्डस्टारले विनाशकारी भूकम्पमा पर्नुभएका पीडितहरुकालागि ३५ लाख रुपैंया मात्र बराबरको १०,००० (अक्षरुपी दश हजार मात्र) थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो।
गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले भनिन, ‘जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं। हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र वहांहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं।’
सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो। मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका लागि सुपरिचित छ।











प्रतिक्रिया