वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष घुस सहित नियन्त्रणमा

0
Shares

कैलाली जिल्लाको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह एक लाख ६० हजार घुस रकम सहित रंगेहात पक्राउ परेका छन्।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १२ मा अवस्थित सिद्धनाथ सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिक्न प्रयोग भएको जे.सि.भी. र टेक्टरलाई घुस लिएर छाड्ने क्रममा सो रकम लिने क्रममा अख्तियारको टोलीले दुबैलाई नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई घुस र रिसवत लिएको अवस्थामा सिद्धनाथ सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट दुवै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

पक्राउ परेका थापा र सिंह उपर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।