विश्वकप क्रिकेट : होटल भाडा १६ हजार देखि डेढ लाखसम्म पुग्दा हवाइभाडा ४ गुणाले बढ्यो


आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो ।

यस्तै अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको थियो।

बहुप्रतिक्षित फाइनल खेलअघि हवाइ भाडामा तीव्र वृद्धि भएको छ । शनिबारका लागि बेङ्ग्लुरुबाट अहमदाबाद पुगेको एकतर्फी भाडा नै ५२ हजार ८ सय रुपैयाँ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

सामान्य अवस्थामा यो ९ हजार १२० रुपैयाँ हुने गरेको छ । त्यस्तै अन्य स्थानबाट अहमदाबाद जाने हवाइभाडा पनि कम्तिमा ३/४ गुणा बढेको बताइएको छ ।

त्यस्तै, अहमदाबादको होटलहरुको शुल्क पनि ह्वात्तै बढेको छ । त्यहाँको सामान्य होटलमा १६ हजार देखि डिलक्स होटलमा १ लाख ६० हजार रुपैयाँसम्म पुगेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

यसअघि भारत र पाकिस्तानबीचको खेलको समयमा पनि होटको भाडा यसरी नै वृद्धि भएको समाचार बाहिर आएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।