विश्वविजेता अस्ट्रेलियाले ४० लाख अमेरिकी डलर पाउँदा उपविजेता भारतले कति पायो ?


विश्वविजेता अस्ट्रेलियाले ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

अस्ट्रेलियालाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ४० लाख अमेरिकी डलर पुरस्कार प्रदान गरेको हो । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्व च्याम्पियन बनेको थियो ।

भारतलाई घरेलु मैदानमा पछिपार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको हो । यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो । सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३, २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो ।

सन् २०१५ मा न्युजिल्यान्डलाई पराजित गरी विजेता बनेको अष्ट्रेलियाले भारतलाई हराउँदै छैठौँ पटक विश्वकप विजेता बनेको हो । भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन । सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो ।

त्यस्तै उपविजेता भारतलाई आईसीसीले २० लाख अमेरिकी डलर प्रदान गरेको छ । सेमिफाइनलमा स्थान बनाएका न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले समान आठ लाख र लिग चरणबाट घर फर्केका ६ टोलीले समान एक/एक लाख अमेरिकी डलर पुरस्कार पाएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।