अपि पावर र मल्टिपपर्स फाइनान्सको हकप्रद सूचीकृत

0
Shares

अपि पावर कम्पनी लिमिटेड र मल्टिपर्पस फाइनान्स कम्पनीले निष्कासन गरेको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । अपिको चुक्ता पुँजीको ४० प्रतिशत र मल्टिपर्पसको ३५ प्रतिशत बराबरको हकप्रद सेयर कार्तिक २४ गते शुक्रबार सूचीकृत भएको हो ।

नेप्सेका अनुसार अपि पावर कम्पनीको चुक्ता पुँजीको ४० प्रतिशतले हुन आउने १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता तथा मल्टिपर्पस फाइनान्सको चुक्ता पुँजीको ३५ प्रतिशतले हुन आउने १५ लाख ८२ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

सूचीकृत दुबै कम्पनीको हकप्रद सेयर हकप्रद जारी गर्न सम्बन्धीत कम्पनीले तोकेको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

हकप्रद निष्कासनका लागि अपि पावरले २०८० असार २२ गते तथा मल्टिपर्पस फाइनान्सले साउन १२ गते बुकक्लोज गरेको थियो ।

अपि पावरले २०८० असार २१ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीका लागि साउन ३१ गते भदौ १४ गतेसम्म १ः०.४० कित्ता अनुपातमा हकप्रद निष्कासन गरी असोज ८ गते १ करोड ५३ लाख ३८ हजार २०३ कित्ता बाँडफाँड गरी अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्री गरी सूचीकृत गरेको हो ।

यस्तै मल्टिपर्पस फाइनान्सले २०८० साउन ११ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीका लागि साउन ३१ गते भदौ १४ गतेसम्म १ः०.३५ कित्ता अनुपातमा हकप्रद निष्कासन गरी असोज १२ गते १४ लाख ३९ हजार २२७ कित्ता बाँडफाँड गरी अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्री गरी सूचीकृत गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।