भिजन लुम्बिनीको आईपीओमा ४६ सय आवेदन रद्द, यसरी हेर्नुहाेस् बाँडफाँड नतिजा

0
Shares

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन गरेका ४ हजार ६०२ वटा आवेदन रद्द भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार ४ हजार ६०२ वटा आवेदन मार्फत परेको ६४ हजार ४८० कित्ताको माग रितपुर्वक नपरेका कारण रद्द गरिएको हो ।

मंगलबार बाँडफाँड भएको आईपीओमा कुल ११ लाख ६१ हजार ५२९ वटा आवेदनबाट सर्वसाधारणबाट माग भएको ६ गुणा बढी अर्थात १ करोड २४ लाख ६१ हजार ९६० कित्ताको खरिद माग परेको थियो । सोमध्ये ११ लाख ५६ हजार ९२७ वटा आवेदन मार्फत माग भएको १ करोड २३ लाख ९७ हजार ४८० कित्तालाई सदर गरी बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

कुल आवेदनको ८२ प्रतिशत आवेदनकले सेयर प्राप्त गर्न नसकेको कम्पनीको आईपीओमा १८ प्रतिशत आवेदनकले मात्र सेयर हात पारेका छन् । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ ५ जनालाई ११ कित्ताका दरले ५५ कित्ता र २ लाख ७ हजार ५२३ जनालाई १० कित्ताका दरले २० लाख ७५ हजार २३० कित्ता गरी कुल २० लाख ७५ हजार २८५ कित्ता बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओमा आवेदन गरेका ९ लाख ४९ हजार ३९९ जना सदर आवेदन सहित कुल ९ लाख ५४ हजार १ जनाको हात खाली भएको छ । कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको थियो ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग हाउसले आईपीओ नतिजा हेर्नकै लागि विकास गरेको वेवसाइट, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट, निष्कासनकर्ता कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको वेवसाइट तथा मेरो सेयरको मोबाइल एप तथा वेवसाइटबाट मेरो सेयरको आईपीओ एप्लीकेशन रिर्पोट मार्फत पनि आईपीओ बाँडफाँडको नतिजा हेर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।