ज्योति विकास बैंकमा कपिल ढकाललाई कामु सीईओको जिम्मेवारी

0
Shares

ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकालले पाएका छन् । बैंकको मंसिर ३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै ढकाललाई कामु सीईओको जिम्मेवारी तोकेको हो ।

सीईओ भट्टले दिएको राजीनामा स्वीकृत भएसँगै ढकाललाई मंसिर ४ गतेदेखि लागू हुनेगरी कामु सीईओ नियुक्ती दिने निर्णय गरेको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए । भट्टको कार्यकाल साउनसम्म बाँकी भए पनि उनले ९ महिनाअघि नै राजीनामा दिएपछि ढकाल कामु सीईओमा स्तरोन्नती भएका हुन् । ढकाल यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । ढकालसात महिना अघि ज्योति विकास बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) को भूमिकामा प्रवेश गरेका थिए ।

ढकालले नुवाकोटमा स्थापना भएको तत्कालिन हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेर काम गरिसकेका छन् । हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज भएको थियो । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ ।

हाम्रो विकास बैंक बिलय भएको ज्योति विकास बैंकको नेतृत्वमा आएसँगै उनलाई आफ्नै पुरानो घरमा फर्किएका छन् । ढकालसँग बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव छ । साथै, उनले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रूपमा काम गरिसकेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।