विन नेपाल लघुवित्तको सीईओ खनालले सम्हाले कार्यभार

0
Shares

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जीवन खनालले कार्यभार सम्हालेका छन् ।

असोज २९ गते बसेको सञ्चालित समितिको बैठकबाट सीईओ पदमा नियुक्त भएका खनालले मंङ्सिर ५ गते देखि पदभार ग्रहण गरेको कम्पनी सचिव सुमनश्रेष्ठले जानकारी दिए ।

असोज २९ गते बसेको सञ्चालित समितिको बैठकले खनाललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । वर्दिया जिल्ला राजापुर नगरपालिका ६ का स्थायी बासिन्दा खनाल हाल काठमाडौं महानगरपालिका वडा नम्बर ७ कुमारीगालमा बस्दै आएका छन् ।

स्वस्तिक लघुवित्तकाे प्रमुख कार्यकारी अधिकृत भइसकेका खनाल करिब डेढ वर्ष अघि लघुवित्त क्षेत्र छाडेर बीमा क्षेत्रमा लागेका थिए । सानिमा रिलायन्लास लाइफमा कार्यरत खनाल डेढ वर्षपछि लघुवित्त फर्किएका हुन् । तत्कालीन स्वावलम्वन विकास केन्द्रमा २०६३ सालमा ट्रेनि एसिस्टेन्टबाट करिअर सुरु गरेका खनालसँग सिभिल लघुवित्त, स्वदेशी लघुवित्त, स्वस्तिक लघुवित्त लगायतका संस्थामा काम गरेको अनुभव छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।