ग्रामीण विकास लघुवित्तले लाभांश नदिने, बोलायो साधारण सभा

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ । मङ्सिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश बिना नै मङ्सिर ३० गते आठौं वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे आह्वान गरिएको छ ।

सभाले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै गत आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव छ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभामा छ ।

साथै सभाले ग्रामीण विकास लघुवित्त र अन्य कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्तिमा जानका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त कम्पनीको पहिचान गर्ने, सहमति पपत्रमा हस्ताक्षर गर्ने साथै सैद्धान्तिक सहमतिका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति दिने लगाएतका सम्पूर्ण कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर १४ गते बिहीबारदेखि ३० गतेसम्म बुकक्लोज गर्ने मिति तोेकेको छ । बुकक्लोजको आधारमा मङ्सिर १३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।