माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, बाहिरिए डा. उपेन्द्र महतो


माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी चयन भएका छन् ।

कम्पनीको गत मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समेत रहेका उनलाई अध्यक्षमा चयन गरेको हो । उनी यसअघि पनि कम्पनीको अध्यक्ष भएका थिए ।

सोही बैठकले कम्पनीका अध्यक्ष डा. उपेन्द्र महतोले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।