इन्फिनिटी लघुवित्तले पनि वितरण गर्न थाल्यो नगद लाभांश

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभाबाट पारित चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश पठाउन थालेको छ।

संस्थाले पुस ३ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि पुस २२ गते मंगलबारदेखि नेपाल क्यिरिङ्ग हाउसको आईपीएस प्रणाली मार्फत शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गर्न थालेको हो।

लघुवित्तको पुस १८ गते सम्पन्नन तेस्रो वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयाजनार्थ सहित ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको थियो।

इन्फिनिटी लघुवित्तको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ।