नबिल बैंकको लाभांश १२ वर्ष यताकै न्यून

0
Shares

नबिल बैंकले यस वर्ष पछिल्ला १२ वर्ष यताकै न्यून लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश आव २०६७।६८ यता कै न्यून हो ।

बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैंकको बैठकले गत आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

वाणिज्य बैंकहरुमध्ये हरेक वर्ष उच्च लाभांश वितरण गर्दै आएको कम्पनीले पछिल्लो १२ वर्ष यताकै कम लाभांश वितरण गर्न लागेको हो । कम लाभांश वितरण गरेकै वर्ष बैंकले नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले यसअघि आव २०६९–७० तथा २०७०–७१ बाट अधिकतम ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०६७।६८ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले आव २०७८–७९ बाट पनि चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र ११.५० प्रतिशत नगद गरी कुल ३० प्रतिशत नै लाभांश वितरण गरेको थियो ।

यस्ताे छ बैंककाे लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2079/2080 0.00 11.00 11.00
2 2078/2079 18.50 11.50 30.00
3 2077/2078 33.60 4.40 38.00
4 2076/2077 33.50 1.76 35.26
5 2075/2076 12.00 22.00 34.00
6 2074/2075 12.00 22.00 34.00
7 2073/2074 30.00 18.00 48.00
8 2072/2073 30.00 15.00 45.00
9 2071/2072 30.00 6.84 36.84
10 2070/2071 20.00 45.00 65.00
11 2069/2070 25.00 40.00 65.00
12 2068/2069 20.00 40.00 60.00
13 2067/2068 0.00 30.00 30.00

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।