नबिल बैंकको स्वतन्त्र सञ्चालकमा इला शर्मा

0
Shares

नबिल बैंकले इला शर्मालाई बैंकको स्वतन्त्र सञ्चालन चयन गरेको छ । मंगलबार नै साधारण सभा सम्पन्न गर्न लागेको यस बैंकले साधारण सभाको अघिल्लो दिनबाट स्वतन्त्र सञ्चलकको पदबहाली गराएको हो ।

बैंकले नेप्सेमा पठाएको सूचना अनुसार सञ्चालक शर्माले पुस २१ गते सोमबारको ५२६ औं बैठकबाट पदबहाली गरेकी हुन्।

निर्वाचन आयुक्त इला शर्माले हालै मात्र निर्वाचन आयोगबाट अवकाश पाएकी थिइन्। शर्माले २०७५ चैत दोस्रो साता आयोगबाट अवकाश पाएकी हुन्।