बोर्ड अध्यक्ष नियुक्त भएपछि बजारले लियो थप गति, १५ मिनेटमै दोहोरो अंकको सुधार

0
Shares

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएको खबर सार्वजनिक भएपछिको शेयर बजार सकारात्मक देखिएको छ। मंगलबार बजार खुलेको पहिलो १५ मिनेटभित्रै नेप्से सूचक दोहोरो अंकले उकालो लागेको छ ।

सोमबारको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डकै विज्ञ संचालक सदस्य भिष्मराज ढुंगानालाई आगामी चार वर्षे कार्यकालका लागि धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। नव नियुक्त अध्यक्ष ढुंगानाले शेयर बजारको विस्तार र स्थायित्वका लागि आफु प्रतिबद्ध भएर काम गर्ने प्रतिक्रिया नोटबजारलाई दिएका थिए।

साढे दुई महिनादेखि रिक्त धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती भएकाले बजार विस्तार र सुधारको क्रममा रोकिएका कामहरुले तिब्रता पाउने विश्वास लगानीकर्तामा जाग्दा शेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो।

मंगलबार बजार खुलेको पहिलो आधा घण्टामा नेप्से १२.६९ अंकले बढेर १२१३.३८ अंकमा पुगेको छ। यस अवधिमा १०९ कम्पनीका ७ लाख बढी कित्ता शेयर १८ करोड ७२ लाखमा खरिद बिक्री भएका छन्। माछापुच्छ्रे र एनआईसी एशियाको धेरै कारोबार भएको छ भने वोमी माइक्रोफाइनान्सको शेयर मूल्य बढेर सर्किट लागेको छ।

अघिल्ला दुईदिन पनि बजार लगातार दोहोरो अंकले बढेको थियो।