सुनको मूल्य मंगलबार घट्यो

0
Shares

सोमबार मूल्यमा ऐतिहासिक रेकर्ड कायम गरेको सुन पुस २२ गते मंगलबार भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २२ गते मंगलबार छापावाला सुन प्रतितोला ५०० रुपैयाँले घटेर ७५ हजार ५०० तथा तेजाबी सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै मंगलबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर ९०० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

इरान र अमेरिका विवादले अन्तराष्ट्रिय बजारमा सुन महङ्गो हुँदा नेपालमा पनि पुस २१ गते सोमबार हालसम्मकै उच्च अर्थात छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। सो दिन चाँदी प्रतितोला ९२० रुपैयाँमा कारोबार भयो।