हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई भारतमा दुई अवार्ड


एक नेपाली बीमा कम्पनीलाई भारतमा एकसाथ दुई सम्मान प्राप्त भएको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले भारतको ‘आर्थिक राजधानि’ भनेर चिनिएको मुम्बईमा गए राति दुई सम्मान पाएको हो ।

भारतीय चेम्बर अफ कमर्शले विहीबार साँझ एक आर्यक्रम आयोजना गरी उक्त सम्मान दिएको हो । कार्यक्रममा नेपालको ‘उत्कृष्ठ लघु बिमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल)’ र ‘अति प्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)’ अवार्ड आफूहरुले प्राप्त गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए ।

हिमालयन एभरेस्टले पछिल्लो समय वर्षेनी अन्तरराष्ट्रिय अवार्डहरु हात पार्दै आएको छ । यसअघि पनि सिंगापुरमा ‘इन्स्योरेन्स एसिया’ले दुई वटा प्रतिष्ठित सम्मानद्वारा हिमालयन एभरेस्टलाई सम्मानित गरेको थियो । गत साउन १३ मा कम्पनीले सिंगापुरमा ती दुई अवार्ड थापेको थियो ।

नेपालमा बीमाको समावेशिकरणमा नेतृत्वदायी भूमिका खेलेको भनेर ‘इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द येअर नेपाल’ अवार्ड पाएको थियो । त्यस्तै नविन बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको भनेर ‘न्यू इन्स्योरेन्स प्रडक्ट अफ द येअर नेपाल’ अवार्ड पनि हिमालयन एभरेस्टले नै हात पारेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।