एनएमबि लघुवित्तका अध्यक्षको राजीनामा स्वीकृत

0
Shares

एनएमबि लघुवित्तको पुस २१ गते सम्पन्न सञ्चालक समितिको ९५ औं बैठकले लघुवित्तको सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक उत्तम भ्लोनको राजीनामा स्वीकृत गरेको छ ।

भ्लोनले व्यक्तिगत कारणले अध्यक्ष एवं सञ्चालक पदमा निरन्तरता दिन असमर्थ रहेको भन्दै राजीनामा दिएका थिए। बैठकले संस्थामा पुर्याएको योगदानको प्रशंसा गर्दै अध्यक्षको राजीनामा स्वीकृत गरेको हो।

यसैगरि संस्थाले एनएमबि बैंकको तर्फबाट लघुवित्तमा सञ्चालक रहेका गोबिन्द घिमिरेको कार्यकाल थप गरेको छ ।