भिजन लुम्बिनीको आईपीओ दोस्रो बजारमा कतिमा खुल्ला ?

0
Shares

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओ धितोपत्रको दोस्रो बजारमा अधिकतम ३६५ रुपैयाँ ३४ पैसासम्म खुल्ने देखिएको छ ।कम्पनीको लेखापरीक्षण भएको वास्तविक प्रतिसेयर नेटवर्थका तीन गुणासम्म पहिलो कारोबार खुल्नसक्ने प्रावधानले यस्तो देखाएको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि प्रकाशन गरेको आह्वानपत्र अनुसार कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ७८ पैसा छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ ।

मङ्सिर ५ गते बाँडफाँड भएको कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण हुने प्रक्रियामा छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जना आवेदकले हात पारेका छन् । तीमध्ये ५ जनाले ११ कित्ताका दरले सेयर पाएका थिए भने २ लाख ७ हजार ५२३ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् ।

कम्पनीले कात्तिक १६ देखि २० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।