असोजमा वित्त कम्पनीहरु १६ करोड बढी नोक्सानीमा, ९ को नाफा ऋणात्मक

0
Shares

असोज महीनामा वित्त कम्पनीहरुले १६ करोड बढी नोक्सानी ब्यहोरेका छन् । कुल १७ मध्ये ९ वटा वित्त कम्पनीहरुको नाफा ऋणात्मक बनेको छ । आर्थिक गतिविधि सुस्त हुँदा ऋणीको साँवा तथा ब्याज भुक्तानी क्षमतामा कमी आएकाले बैंक तथा वित्तीय संस्थाको नाफा उल्लेख्य घटेको हो । अघिल्लाे असाेजमा भने १६ वित्त कम्पनी नाफामा थिए भने एउटा मात्र नाेक्सानीमा थियाे ।

अघिल्लो असोजको तुलनामा फाइनान्सहरुको कुल नाफा १८५ प्रतिशत अर्थात ३४ करोड ८२ लाख ७० हजार रुपैयाँले घटेको छ । अघिल्लो असोजमा फाइनान्सहरुले १८ करोड ८१ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस वर्षको असोजमा १६ करोड १ लाख ३० हजार ऋणात्मक बनेको छ ।

तथ्याङ्क अनुसार नाफामा रहेका ८ वित्त कम्पनीले कुल २० करोड ८७ लाख ७० हजार नाफा आर्जन गरेका छन् । घाटामा रहेका ९ वित्त कम्पनीको नोक्सानी ३६ करोड ८९ लाख रुपैयाँ छ ।

नाफामा रहेका ८ वित्त कम्पनीमध्ये चार वटाको नाफा अघिल्लो असोजको तुलनामा घटेको छ भने चार वटाले मात्रै बढाएका छन् । राष्ट्र बैंकका अनुसार २०८० असोज महीनामा मल्टिपपर्स फाइनान्सको नाफा १४६६ प्रतिशत, रिलायन्स फाइनान्सले २२६.८० प्रतिशत, गोर्खाज फाइनान्सको ५८.८४ प्रतिशत र मञ्जुश्री फाइनान्सको नाफा १६.३६ प्रतिशतले वृद्धि भएको छ । आईसीइफसी फाइनान्सको असोजमा नाफा ७१.९७ प्रतिशत, नेपाल सेयर मार्केट ३३.०६ प्रतिशत, जानकी फाइनान्स ८१.८२ र श्री इन्भेष्ट एण्ड फाइनान्सको नाफा ९० प्रतिशतले घटेको छ ।

नोक्सानीमा रहेको समृद्धि फाइनान्सले नोक्सानी सुधार गरेको छ । अघिल्लो असोजमा ३ करोड १४ लाख ६० हजार रुपैयाँ नोक्सानीमा रहेको फाइनान्सले ८६.११ प्रतिशतले नोक्सानी सुधार गरेर ४३ लाख ७० हजारमा झारेको छ ।  समीक्षा अवधिमा गुहेश्वरी मर्चेन्ट एण्ड बैंकको असोज महीनाको नाफा २४७७ प्रतिशत, पोखरा फाइनान्सको १२९७ प्रतिशत, क्यापिटल मर्चेन्टको ५८१ प्रतिशत, बेष्ट फाइनान्सको ४३४ प्रतिशत, सेन्ट्रल फाइनान्सको ३७९ प्रतिशत, प्रोगेशिभ फाइनान्सको ३६६ प्रतिशत, गुडविल फाइनान्सको २६२ प्रतिशत, नेपाल फाइनान्सको २२१ प्रतिशत, नेपाल सेयर मार्केटको ३३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

S.N. Sector- Finance  Profit Ashoj 2080 in Mn Profit Ashoj 2079 in Mn Change %
1 Manjushree Finance Ltd. 82.78 71.14 16.36
2 Reliance Finance Ltd. 53.94 -42.54 226.80
3 Gurkhas Finance Ltd. 52.91 33.31 58.84
4 ICFC Finance Limited 9.38 33.46 -71.97
5 Multipurpose Finance Company Limited 6.58 0.42 1466.67
6 Nepal Share Market 2.45 3.66 -33.06
7 Janaki Finance Ltd. 0.44 2.42 -81.82
8 Shree Investment Finance Co. Ltd. 0.29 2.9 -90.00
9 Samriddhi Finance Ltd. -4.37 -31.46 86.11
10 Best Finance Company Ltd. -19.82 5.93 -434.23
11 Nepal Finance Ltd. -22.11 18.18 -221.62
12 Central Finance Co. Ltd. -26.18 9.37 -379.40
13 Guheshowori Merchant Bank & Finance -53.98 2.27 -2477.97
14 Pokhara Finance Ltd. -56.17 4.69 -1297.65
15 Progressive Finance Limited -61.19 22.93 -366.86
16 Goodwill Finance Co. Ltd. -62.32 38.42 -262.21
17 Capital Merchant -62.76 13.04 -581.29
Total -160.13 188.14 -185.11

कसको नाफा कति ?

असोज महीनामा मञ्जुश्री फाइनान्सले वित्त कम्पनीमै सबैभन्दा धेरै ८ करोड २७ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको रिलायन्स फाइनान्सले ५ करोड ३९ लाख ४० हजार र गोर्खाज फाइनान्सले ५ करोड २९ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।  यसैगरी आईसीएफसी फाइनान्सले ९३ लाख ८० हजार रुपैयाँ, मल्टिपर्पस फाइनान्सले ६५ लाख ८० हजार, नेपाल सेयर मार्केटले २४ लाख ५० हजार, जानकी फाइनान्स ४लाख ४० हजार, श्री इनभेष्टमेन्ट फाइनान्सले २ लाख ९० हजार नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

समीक्षा अवधिमा समृद्धि फाइनान्सको नोक्सानी ४३ लाख ७० हजार, बेष्ट फाइनान्स १ करोड ९८ लाख २० हजार, नेपाल फाइनान्स १ करोड २१ लाख १० हजार र सेन्ट्रल फाइनान्सले १ करोड ६१ लाख ८० हजार नोक्सानी ब्यहारेका छन् । यसैगरी असोजमा गुहेश्वरी मर्चेन्टको नोक्सानी ५ करोड ३९ लाख ८० हजार र पोखरा फाइनान्सको ५ करोड ६१ लाख ७० हजार पुगेको छ ।

प्रोगेशिभ फाइनान्स, गुडविल फाइनान्स र क्यापिल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको नोक्सनी ६ करोडभन्दा माथि छ । असोजमा प्रोगेशिभ फाइनान्सले ६ करोड ११ लाख ९० हजार, गुडविल फाइनान्सले ६ करोड २३ लाख २० हजार र क्यापिटल मर्चेन्टले ६ करोड २७ लाख ६० हजार रुपैयाँ नोक्सानी ब्यहोर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।