सेयर बजारमा मंगलबार झिनो गिरावट, सवा अर्बको कारोबार

0
Shares

सेयर बजार मंगलबार पनि झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बजार सूचक २.१७ अंकले घटेर १८९४.५४ बिन्दुमा अडिएको हो ।

तीव्र उतार चढावपूर्ण रहेको आजको बजारमा सूचक घटेसँगै कारोबार रकम समेत घटेको छ । सोमबार १ अर्ब ७५ करोड बढीको सेयर कारोबार भएकोमा मंगलबार ४७ करोडले घटेर १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँमा समेटिएको छ । यसदिन २९० स्क्रिप्टका ४७ लाख २७ हजार ९०२ कित्ता सेयर ४७ हजार ३३३ वटा संख्यामा खरिद बिक्री भएका छन् ।

कारोबारमा आएका उपसमुहगत सूचक मिश्रीत देखिएका छन् । फाइनान्स, होटल तथा पर्यटनमुलक, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड सामान्य बढेको छ । घटेका ८ मध्ये बैंकिङ्ग, विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र ब्यापार रहेका छन् ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सबैभन्दा धेरै ८ करोड ४९ लाख ९८ हजारको सेयर खरिद बिक्री भएको छ । यस्तै सोल्टी होटलको ६ करोड ५८ लाख ९ हजार, रिलायबल नेपाल लाइफको ४ करोड ५४ लाख ४० हजार, सिटिजन लाइफ ४ करोड ४६ लाख ३१ हजार, र ग्लोबल आइएमई बैंकको ३ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा ५ वटा जीवन बीमा कम्पनी छन् । रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स पनि शीर्ष १० मा पर्न सफल भएका छन्। आइएमई लाइफको ३ करोड २ लाख रुपैयाँ, सन नेपाल लाइफको २ करोड ६८ लाख रुपैयाँ हिमालयन लाइफः २ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भयो ।

आजको बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशत अर्थात ३५ रुपैयाँ ८० पैसाले बढेर प्रतिकित्ता ३९४ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै मन्दाकिनी हाइड्रोपावरको ८.९२ प्रतिशत, तारागाउँ रिजेन्सी होटल ८.२४ प्रतिशत, अभियान लघुवित्त ७.८३ प्रतिशत र श्वेतगंगा हाइड्रोपावरको ७.६१ प्रतिशतले सेयर मूल्य बढेको छ ।  उता मंगलबार नारायणी डेभलपमेन्ट बैंकको सेयर मूलय सर्वाधिक ५.३३ प्रतिशत घटेर ३५५ रुपैयाँमा झरेको छ । यसैगरी मिड सोलु हाइड्रोपावरको ४.७५ प्रतिशत, विजय लघुवित्त ४.६७ प्रतिशत, आरम्भ चौतारी लघुवित्त ४.१८ प्रतिशत र कालिका पावरको सेयर मूल्य ४.१५ प्रतिशतले घटेको छ ।

कारोबार कित्ताका आधारमा ग्लोबल आइएमई बैंकको संस्थापक सबैभन्दा धेरै २ लाख ९१ हजार २७१ कित्ता सेयर कारोबार भयो । कारोबार संख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड ९ हजार २०५ वटा सहित अग्र स्थानमा रहेको छ ।

मंगलबारको कारोबापछि कुल बजार पुँजीकरण रुपैयाँले ३ अर्ब ३५ करोड ८३ लाख रुपैयाँले घटेर २९ खर्ब २१ अर्ब ६ करोड २७ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबार २९ खर्ब २४ अर्ब ४२ करोड १० लाख रुपैयाँ थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।