ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन

0
Shares

ग्लोबल आइएमई बैंकको बोनसपछि मंगलबार सेयर मूल्य समायोजन भएको छ । बैंकको चुक्ता पुँजीको १ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो ।

बैंकले घोषणा गरेको एक प्रतिशत बोनस सेयर अनुसार समायोजनपछि प्रतिकित्ता २०८ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । यससँगै अब बैंकको सेयर बुधबार समायोजित मूल्यमा खरिद बिक्रीमा आउनेछ ।

मंगलबार अन्तिम पटक बैंकको सेयर २११ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो । सोही मूल्यलाई आधार मानेर बैंकको मूल्य समायोजन भएको हो । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंङ्सिर १३ गत बुधबार बुकक्लोज गर्दैछ । यसअनुसार बैंकको लाभांश १२ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र पाउनेछन् ।यस्तै बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

बैंकले हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले मङ्सिर २८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने गरि १७ औं साधारण सभाको आश्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।