भूकम्प पीडितका लागि सोफा उत्पादक सङ्घद्वारा सहयोग


सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा एक लाख ४४ हजार ७८० रुपैयाँ सहयोग गरेको छ ।

गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि सङ्घले मंगलबार सो सहयोग गरेको सङ्घका अध्यक्ष तारालाल धरेलले जानकारी दिएका छन् ।

कार्यालयमा ‘नेपाली सोफा नै प्रयोग गरौँ’ भन्ने अभियान सङ्घले सञ्चालन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।