युनाइटेड मोदी हाइड्रोले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने

0
Shares

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

मङ्सिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो उदेश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

प्रस्तावित हकप्रद नियमनकारी निकायबाट स्वीकृत गराई आगामी साधारण सभाबाट पारित गराउने कम्पनीले जानकारी दिएको छ । साधारण सभाबाट पारित गरेपछि नेपाल धितोपत्र बोर्डको स्वीकृतिका लागि पेश हुनेछ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २३ क्रोड ५ लाख रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४६ करोड १० लाख रूपैयाँ कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।